३ वर्षसम्म बाल्नै नसक्ने मन्द बुद्धिका पो रहेछौ तिमी
कक्षामा पढ्दा सधै पछिल्लो बेञ्चमै पो बस्दा रहेछौ तिमी
शिक्षकले प्रश्न गर्दा कहिल्यै उत्तर नदिने लाटा जस्ता पो रहेछौ तिमी
हुने विरुवाको चिल्लो पात उक्तिको विपरीत पो भएछौ तिमी ।
स्कुलमा मन्द बुद्धिको केटा भनेर साथीहरुबाट हेपिदा रहेछौ तिमि
कक्षामा पटक पटक फेल हुने गणितमा त अझै शून्य पो रहेछौ तिमी
सातौं जुनी पनि गणित सिक्न नसक्ने भनिएका रहेछौ तिमि
पहिले गणितमा बुद्धु पछि त संसारका गणितज्ञ पो भएछौ तिमी ।
घरमा बुवाले पढेन भनी गाली गर्दा हिप्पी बनेर हिड्थ्यौ र तिमि
दुब्लो पातलो मैलो लुगा जुत्तामा पालिस कहिल्यै नगर्दा रहेछौ तिमी
कसैसँग नदाज्दा जुनसुकै चिज पनि राम्रै हुन्छ भन्दा रहेछौ तिमी
सडक सडकमा जागिरको लागि भौंतारिदै हिंड्दा रहेछौ तिमी
विश्वासै गर्न गाह्रो कथा गफ र हल्ला का नायक पनि बनेका रहेछौ तिमी
सट्टा शिक्षक पदमा रहँदा न्यूटनलाई चुनौती दिँदै हिंड्दा रहेछौ तिमी
प्रकृतिकै उपहार हौ कि भगवान्को कोशेल ीबनेका हौ आइन्सटाइन तिमि
२६ वर्षकै उमेरमा सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेका रहेछौ तिमी
विवेकशील र मानवीय प्रतिभाका खानी पो रहेछौ तिमी
आफ्नै सिद्धान्तबाट बनेको लिटिल ब्वाय जस्तो बम हिरोसिमामा खस्दा
नरसंहार भएको सम्झी पश्चाताप गर्दै रुँदै रुँदै बस्दा रहेछौ तिमी
विज्ञानको आविष्कार प्रगतिको लागि पो ध्वंशात्मक होइन भन्दा रहेछौ तिमी
एउटै प्रश्नलाई दशौं वर्ष सम्म अध्ययन गर्न सक्दा रहेछौ तिमि
इजरायली दोस्रो राष्ट्रपति पद पाउँदा पनि अस्वीकार गर्दा रहेछौ तिमी
आफ्नो सम्पूर्ण जीवन नै प्रयोगशाला हो भन्दा रहेछौ मिति
जीवनमा संघर्ष गर्दै विज्ञानकै चमत्कारी पो भएका रहेछौ तिमी
भ्वायलिन बजाउदै संगीतमा पनि डुब्न जानेका रहेछौ तिमी
श्रीमतीलाई दोस्रो र प्रयोगशाला पहिलो स्थान दिँदा रहेछौ तिमी
आविष्कारलाई प्रमुख ठान्दै श्रीमतीसँग पारपाचुके पनि गरेछौ तिमी
जीवनको अन्तिम दिनसम्म पनि भौतिक विज्ञानका विद्यार्थी भएछौ तिमी
दुनियाँ ब्रमाण्डलाई चकित पार्दै नौलो आविष्कार गर्दा रहेछौ तिमी
तिम्रै सिद्धान्तको आडमा कैयौं नयाँ नयाँ आविष्कारहरु जन्मे
अचम्मको त्यो मस्तष्क भौतिक वित्रानकै पिता भएछौ तिमी
कसरी वनेको रहेछ मस्तिष्क, मस्तिष्ककै खोजी गर्नुपर्ने भएछौ तिमी
साँच्चिकै मस्तिष्क सामान्यको भन्दा १५ प्रतिशतले ठूलो भएका रहेछौ तिमी
पेराइटल र टेम्पोरल क्षेत्र बीचको खोल्सो पनि नभएका रहेछौ तिमी
त्यसैले त दुवै मस्तिष्क भित्रको संवाद तीव्र गतिमा गर्दा रहेछौ तिमी
अनि पो नयाँ नयाँ सोंच र सिद्धान्तको आविष्कार गर्दा रहेछौ तिमी
अहिले हाम्रो मानसपटलमा सेतो कपाल, ऋषि महर्षि जस्ता देखिन्छौ तिमी
सन्तको जस्तो व्यवहार चाउरी परेको अनुहार जोशिलै देखिन्छौ तिमी
विश्व बदल्ने महान् बैज्ञाननिक नोबेल पुरस्कारको विजेता रहेछौ तिमी
महान् युगान्तकारी र दुरगामी खालको वैज्ञानिक पो रहेछौ तिमी
सम्पूर्ण मानव जगत्मा ठूलो योगदान र गुन लगाएछौ तिमी
पूथ्वी रहेसम्म इतिहास मेटिने छैन सधैं अमर रहने छौ तिमी
सधैं अटल उज्यालो तारा बनिरहने छौ तिमी
सधैं अटल उज्यालो तारा बनिरहने छौ तिमी