आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यामन्दिर मावि तेस्रो 2082

बागलुङ नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्यामन्दिर माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएको छ । विद्यामन्दिर माविले ५ स्वर्ण, ५ रजत र ५ कास्य गरी १५ पदक हात पारेर आफूलाई तेस्रो स्थानमा पार्न सफल भएको हो ।

विद्यामन्दिर माविका प्रधानाध्यापक छवि रमण रेग्मीले यो सफलता हामी सबैको साझा सपना थियो । यो खेलकुद प्रतियोगितामा कठिन महेनत गरी राम्रो नतिजा ल्याउन सफल विद्यालयका खेलाडि तथा सक्रिय शिक्षक, कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको परिणाम आफू धेरै हर्षित भएको र थप राम्रो नतिजा ल्याउन विद्यालयले खेलकुदलाई उच्च प्राथमिकतामा राख्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले बताउनुभयो ।

 

Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt.Ltd.