नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) छारा संचालित ३ दिने विज्ञान मेला २०७८।१२।०९ सम्पन्न भएको छ ।
२०७८।१२।७ देखि विद्यामन्दिर मा.वि. मा संचालन भएको उक्त मेलामा प्रतियोगित्मक रुपमा विज्ञान सामाग्री प्रदर्शन, हाजीरी जवाफ र कविता बाचन प्रतियोगिता संचालन भएको थियो । विज्ञान सामाग्री प्रदर्शनमा रुदे्रपिपल मा.वि. बागलुङ प्रथम, शिवालय मा.वि. कुस्मा द्धितिय र विद्यामन्दिर मा.वि. बागलुङ तृतिय भएका थिए । यसै गरी हजीरीजवाफ मा प्रकाश मा.वि. वेनी प्रथम, शिवालय मा.वि. कुस्मा द्धितिय र सामुदायीक मा.वि. वेनी तृतिय र कविता प्रतियोगितामा मुलपानी मा.वि. बागलुङका छात्रा कुशुम शर्मा प्रथम, शिवालय मा.वि. कुस्मा का छात्रा विनिता गिरी द्धितिय र प्रकाश मा.वि. वेनी का छात्रा सिद्धिका पौडेल तृतिय भएका थिए ।
बागलुङ, पर्वत, म्याग्दीका गरी करिव ५००० विद्यार्थी द्वारा अवलोकन गरिएको मेलाको समापन तथा पुरस्कार वितरण कार्यक्रम नास्टका मन्चीता अयालको संचालन नास्टका सम्वद्र्वन तथा प्रचार शाखा प्रमुख लुना वज्रको सभापतित्व र विद्यामन्दिर मा.वि. व्यवस्थापन समिति का अध्यक्ष वावुलाल शाक्यको प्रमुख आतिथ्यतामा सम्पन समापन तथा पुरस्कार वितरण कार्यक्रममा विद्यार्थी गिरीराज गौतम, मुलपानी मा.वि.का विज्ञान शिक्षक सुवास कडेल, विद्यामन्दिर मा.वि.का विज्ञान शिक्षक एवं मेलाका फोकल पर्सन छविरमण रेग्मी, विद्यामन्दिर मा.वि.का प्र.अ.शान्तमणी ढकाल, विज्ञान तालिम प्रशिक्षक माधव अधिकारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रमुख अतिथी शाक्यले विज्ञान मानवलाई आवश्यक हरेक क्षेत्रको उपयोगि शिक्षा भएको र यसलाई नेपालको हरेक विकट क्षेत्रमा पु¥याउनु पर्ने जोड दिनु भएको थियो ।