द्रुत गति वाट अगाडी वढिरहेको विज्ञान र प्रविधीको विकास संग संगै शिक्षा क्षत्रमा गरिने हरेक गतिविधिहरुलाई आधुनिक सूचना प्रणालीवाट सम्वादन गर्नु आजको अपरिहार्य आवश्यकता वनेर आएको छ । यस विद्यामन्दिर मा.वि. आफ्नो समग्र गतिविधिहरुलाई सरोकारवालाहरु समक्ष पु¥याउन विभिन्न विधिहरु प्रयोग गर्दै आइरहेकोमा प्रयोग गरिएका विधिहरु अपुग महसुस गरि आफनै वेवसाइट संचालन मा ल्याएको हो । यसवाट हाम्रा अभिभावक, पुर्व विद्यार्थी, शिक्षक कमचारी, हाल अध्ययनरत विद्यार्थीहरु, विद्यालयलाई माया गर्ने शुभचिन्तक तथा चन्दा दाताहरुले यस विद्यालयका हरेक गतिविधीहरुको जानाकारी लिनसक्नु हुनेछ ।
स्कुललाई आधुनिक ढंगवाट संचालन गरी स्कुलका हरेक गतिविधिहरु लाई सुव्यव्स्थीत ढंगवाट संचालन गर्न स्मार्ट स्कुल नामक सफ्टवेयर जडान गरिएको छ । यस वाट विद्यालयलाई कम्पुटर विलिङ गर्नु साथै लेखा व्यवस्थापनलाई चुस्त वनाउन मद्धत पुग्नेछ । परिक्षा प्रणाली, विद्यार्थीका शैक्षिक गतिविधिका, सुचना आदान प्रदान, अनलाइन कक्षाको माध्याम वाट सिकाइमा सहजता ल्याउने छ । पुस्तकालय व्यवस्थापन, विद्यालयको प्रशासनिक काम सहज ढंग वाट संचालन हुनेछ । हाजीरीको व्यवस्थापनवाट आफ्नो छोरा छोरी स्कूल गए नगएको घरमा वसी वसी अभिभावकले निरिक्षण गर्न सक्नु हुनेछ । यसका अलावा विद्यार्थी परिचयपत्र, मार्कसिट, सटिफिकेट यसैको माध्याम वाट सदज ढंग निकाल्न मद्दत पुग्नेछ ।
स्कुलको भौतिक सम्पतिको सुरक्षा एवं शिक्षक विद्यार्थीहरुका सकारात्मक तथा नकारात्मक पक्षको अवलोकन गरी नकारात्मक पक्षलाई निरुत्साहित गर्दै सकारात्मक पक्षलाई प्रोत्साहन गरी स्कूल, शिक्षक तथा विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न सि.सि. क्यामेरा जडान गरिइको छ । आशा छ यस वाट हाम्रा उद्देश्य प्राप्तीको बाटो खुल्ने छ ।