विद्यामन्दिर मा.वि.को आयोजनामा मिति २०७८/११/१३ गतेका दिन विद्यामन्दिर सभा हलमा विद्यालयका पूर्व अध्यक्ष स्व. विदुर खड्का, पूर्व शिक्षक तथा चन्दादाता स्व. सूर्य प्रसाद मलेपति (मिलन गुरु) र देवेन्द्र राज अधिकारी स्मृति कोषका संरक्षक स्व. कमला अभिकारीको स्मृतिमा शोक शभा सम्पन्न भएको छ ।
विद्यालयका प्र.अ. शान्तमणि ढकालको संचालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुलाल शाक्यको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष शाक्य द्वारा स्व. विदुर खड्का, स्व. मिलन गुरु र स्व. कमला अधिकारीको योगदानको चर्चा गर्नु हुदै वहाहरु प्रति श्रद्धान्जली तथा प्ररिवार जन प्रति समवेदना प्रकट गर्नु भएको थियो ।
एक मिनेट मौनधारण गरी शुरु गरिएको सो कार्यक्रममा पूर्व विद्यार्थी, पूर्व वि.व्य.स.का अध्यक्ष, तथा चन्ददाता लालचन्द्र राजभण्डारी, समाज सेवी देव बहादुर श्रेष्ठ, देवेन्द्र अधिकारी कोषका प्रतिनिधी भिमा अधिकारी, मिलन गुरु परिवारको तर्फ वाट राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादव प्रसाद रेग्मीले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो । सोहि अवसरमा मिलन गुरु परिवारजन हरुवाट विद्यालय भित्र रहेको मिलन गुरु विज्ञान प्रयोगशाला निरिक्षण गर्नु भएको थियो भने सो प्रयोगशाला मिलन गुरु बाट प्राप्त भएको १६,६५,५५५।– लागतमा निर्माण भएको थियो ।