प्रवेश पौडेल
२०८१/०४/०४
निदरल्याण्डको स्टिचिङ नेपाल र डि.आइ.आर.डि.सि., बागलुङको सहयोगमा विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङमा ब्रस यट द स्कुल कार्यक्रम संचालन भएको थियो। कार्यक्रमको उदघाटन बागलुङ नगरपालिका वडा नं. 3 का वडा अध्यक्ष सनि केसि(लक्ष्मण)ले गर्नु भएको थियो।
डि.आइ.आर.डि.सि., बागलुङका हेल्थ असिस्टेन्ट चन्दन शर्मा र विद्यामन्दिर मा.वि.को स्टाफ नर्स सविता ज्ञावलीले टुथपेष्ट र ब्रसको प्रयोग तथा दाँत र मुखको सरसफाईको बारेमा प्रशिक्षण दिनु भएको थियो। विद्यालयको नर्सरी देखि कक्षा 12 सम्मका करिव 1300 भन्दा बढी विद्यार्थीहरिलाई टुथपेष्ट र ब्रस वितरण गरिएको थियो भने कक्षा 2 सम्मका विद्यार्थीहरुलाई दैनिक रुपमा विद्यालयमा नै दाँत र मुखको सरसफाई गर्नका लागि व्यवस्था मिलाइएको छ।
विद्यार्थिहरुलाई वर्ष भरी आवश्यक पर्ने टुथ पेष्ट र ब्रस डि.आइ.आर.डि.सि., बागलुङले उपलब्ध गराउने र कार्यक्रम आगामी वर्षमा पनि निरन्तरता हुने कुरा डि.आइ.आर.डि.सि., बागलुङका परियोजना व्यवस्थापक शालिग्राम शर्मा आचार्यले जानकारी दिनु भयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुलाल शाक्य र बा.न.पा. 3का वडा सदस्य नगेन्द्र बाहादुर के.सि. आफ्नो मन्तव्य दिनुका साथै कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यपक छविरमण शर्मा रेग्मी, स्वागत मन्तव्य विद्यालय नर्स सविता ज्ञावली र कार्यक्रमको संचालन विद्यालय व्यवस्थापन समिति सदस्य एंव शिक्षक थानेन्द्र गौतमले गर्नु भएको थियो।