विद्यामन्दिर माविको भर्ना अभियानले विद्यार्थी र अभिभावकको आकर्षण रोजाई

२०८१-०१-२३, बागलुङ

नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यामन्दिर माध्यमिक विद्यालयको भर्ना अभियानले विध्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थी र अभिभावकको रोजाईमा परेको छ।

 

विद्यामन्दिर माविमा नेपाली र अग्रेजी माध्यमबाट पढाई हुने र क्रमश सुरु भएको शैक्षिक सुधार र शैक्षिक नतिजामा सकरात्मक परिणाम आउन थालेपछि यस विद्यालय प्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्न लागेको विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले बताउनु भयो।

बागलुङ नगरपालिका-३ को खहरे, सिम्ले, मूलपानी, बागलुङ नगरपालिका-६ लमगाउँ बागलुङ नगरपालिका-४ को उपल्लौर, पाकाथर, औडारचौर, बागलुङ नगरपालिका-१ को रामरेखा, वारि मालढुंगा, बागलुङ नगरपालिका-३ को गुठी, पेन्सन क्याप, वुद्ध चोक, लालिगुराँस चोक,  श्रीनगर टोल साथै बागलुङ बजार तथा बजार नजिक रहेका गाँउ-गाँउमा भर्ना अभियान पुगेको र विद्यालय माग भन्दा विद्यार्थीहरुले भर्नाका लागि फारम भरेको विद्यालयका सूचना अधिकारी शिक्षक कुलराज शर्माले जानकारी दिनु भयो।

विद्यालयमा विभिन्न शिक्षासेवी तथा  समाजसेवि व्यक्तिहरुबाट स्थापना गरेको अक्षय कोषबाट आउने व्याजको रकमबाट विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री, खेलकुद सामग्री र नगद सहयोगको पनि व्यवस्थापन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताउनु भयो।

विगत वर्षहरुदेखि नै विद्यार्थी भर्ना अभियान सुरु भएपछि बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा दिलाउन विद्यालयले नियमित स्वास्थ्य परीक्षण, कोचिङ कक्षाको व्यवस्था, विभिन्न खेलकुद कार्यक्रम, अतिरिक्त क्रियाकलापको व्यवस्था, शैक्षिक भ्रमण, सुविधा सम्मन्न विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्था गरेको र मेहनती शिक्षकहरुबाट अध्यापनमा जोड दिएको अध्यक्ष शाक्यले बताउनु भयो। विद्यामन्दिर माविमा शैक्षिक गुणस्तरमा सुधार हुन थालेपछि अभिभावक र विद्यार्थीहरुले विद्यालयलाई प्राथमिकतामा पार्न थालेका छन्।

विसं १९९७ सालमा राणा शासनको कठोर कालखण्डमा शिक्षासेवी ओमप्रसाद गौचन, मेघ कुमार वैध र उनका समकालिन साथीहरुले विद्यालयको स्थापना गरेका थिए। यो विद्यालय नभएको भए तत्कालिन धौलागिरि अञ्चलकै धेरै युवा पुस्ताहरु शिक्षाको उज्यालो घामबाट बन्चित हुने थिए। हालसम्म १-१० कक्षा सम्मका २०० नयाँ विद्यार्थिहरु भर्ना भई अध्ययन गरिहेका छन्।

Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd