विद्यामन्दिर, बागलुङ
२०८१/०२/०१
यस विद्यामन्दिर माध्यामिक विद्यालय बागलुङको विज्ञान विषयमा व्यवस्थित रुपमा सुधारका लागि विद्यालय विकास योजना अनुरुप विद्यालय अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। विद्यालय स्तर देखि नै विज्ञान विषयलाई नेपाल सरलारले स्तर उन्नति साथै प्राप्त विज्ञान ल्याबको स्तर उन्नति गर्नका लागि नेपाल भरिबाट विद्यालय मध्य बागलुङ जिल्लाबाट एक मात्र विद्यालय यस विद्यामन्दिर माध्यामिक विद्यालय छनौट गरिएको थियो।
त्यसै अनुरुप विद्यालयको सामान्य निरीक्षण, विद्यालयले सन्चालन गरेका कार्यक्रमहरु, प्राप्त भएका उपलब्धी, विद्यालयको भावी कार्यक्रम सन्चालन सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको थियो। विद्यालय अवलोकनमा नेपाल सरकारका पुर्व सचिव जनार्दन नेपाल, शिक्षाविद् प्रमोद भट्ट, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत विष्णु प्रसाद अधिकारी, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर निर्देशक गणेश प्रसाद पौडेल तथा दिपक न्यौपाने विध्यालयमा पाल्नु भएको थियो।
विद्यालयका सुचना अधिकारी शिक्षक कुलराज शर्माले समग्र विद्यालयका बारेमा आफ्नो विचार राख्नु भएको थियो भने विज्ञान समुहका सम्भावना र चुनौती बारेमा प्रष्ट पार्नु भएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले विद्यालयमा भएका परिवर्तन र भावी योजना प्रस्तुत गर्नु भएको थियो। अबका दिनमा सरोकारवाला सबै निकाय सगैँ समन्वय गरी विद्यालयको भावी कार्यदिशा अगाडि बढ्ने बताउनु भयो। यसै गरी नेपाल सरकार पुर्व सचिव जनार्दन नेपाल र पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले विद्यालयलाई आगामी दिनमा थप सहयोग गरिने र यसका लागि विद्यालयले स्पष्ट सुधारयोजना पेश गर्नु पर्ने बताउनु भयो।
विद्यालयलाई गुणस्तरीय व्यवस्थापनमा सहयोग पुर्याउनु हुने विद्यालय व्यवस्थापन समिति, अभिवाहक वर्ग, शिक्षक अभिभावक सँघ, शिक्षकहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुहुदै विद्यालयको पुर्ण सफलताको कामना शिक्षाविद प्रमोद भट्टले गर्नु भयो।