लियो क्लब अफ धौलागिरि बागलुङद्वारा विश्व हेपाटाइटिस दिवसको अवसरमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यस विद्यामन्दिर माध्यमिक विद्यालयमा लियो क्लब अफ धौलागिरी बागलुङले हेपाटाइटिस रोगको बारेमा सचेतना कार्यक्रम सप्पन्न गरेको हो ।
हेपाटाइटिस मुख्यतया भाइरल संक्रमणको कारणले हुने कलेजोको सूजन हो, जुन विश्वव्यापी रूपमा एक गम्भीर स्वास्थ्य चुनौती बनेको छ । हेपाटाइटिस, भाइरसबाहेक अधिक मात्रामा रक्सी सेवन, जस्ता कलेजोलाई असर गर्ने औषधिहरूको प्रयोग र अटोइम्यून रोगहरूका कारणले पनि हुने गर्दछ । लायन्स क्लब अफ बागलुङ सिटीजनका पूर्व अध्यक्ष तथा विद्यामन्दिर मा.वि. विद्यालय नर्स सविता ज्ञवालीको सहजिकरणमा सचेतना कार्यक्रम भएको थियो।
कार्यक्रममा विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, प्रधानाध्यापक छवि रमण रेग्मी, लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतो, लायन्स क्लब अफ बागलुङ सिटीजनका पूर्व अध्यक्ष तथा विद्यामन्दिर मा.वि. विद्यालय नर्स सविता ज्ञवालीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।