विद्यालयको ८४औं वार्षिक उत्सवमा बुद्धिचाल प्रतियोगिता

प्रवेश पौडेल

२०८१/१०/२८

विद्यामन्दिर माध्यमिक विद्यालयको ८४औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह हर्षोल्लासका साथ २०८१ माघ २५ गते देखि फागुण २ गते सम्म सप्ताहव्यापी रुपमा विविध अतिरिक्त क्रियाकलापहरु, सिर्जनात्मक एंवम रचानात्मक कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुल्ला अन्तर मावि स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगितामा चिल्ड्रेन लाइफ बोडिङ्ग स्कुलका बिप्सन श्रेष्ठ प्रथम भएका छन्।

              

यसै गरी बुद्धिचाल प्रतियोगितामा क्रमस द्वितीय हुने कालिगण्डकी बोडिङ्ग स्कुलका सौरब कुमार गुप्ता र तृतीय हुने विद्यामन्दिर माध्यमिक विद्यालयका दिपेश बहादुर थापा रहेका छन्। विद्यालयको ८४औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर गरेको प्रतियोगितामा बागलुङ नगरपालिका भित्रका समुदायक विद्यालय तथा बोडिङ्ग स्कुलका विद्यार्थीहरुको हर्षोल्लासका साथ प्रतियोगितामा भाग लिएका थिए।

               

प्रतियोगितामा बागलुङ बुद्धिचाल संघका पूर्व अध्यक्ष भिमसेन शाक्यको सहजिकरण तथा विद्यालयका शिक्षक अनन्त विजय श्रेष्ठको संयोजक्तत्व बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको थियो।

Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt.Ltd.