SEE तथा BLE दिने विद्यार्थी र अभिभाबक संग अन्तरक्रिया सम्पन्न

आज मिति २०८२ फागुन १४ गते का दिन यस विद्यालयमा अध्ययनरत कक्षा ८ र १० का विद्यार्थीहरुको प्रगति समीक्षा तथा पठन पाठन, अतिरिक्त कक्षा साथै बार्षिक परिक्षा लगाएत बिबिध विषयमा अभिभाबकहरु संग अन्तरक्रिया कार्यक्रम छलफल सम्पन्न भयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी अभिभाबकहरुले बिद्याथीहरुको आनीबानी बारेमा जानकारी गराउनुका साथै गृह कार्य र अतिरिक्त कक्षाको बारेमा चासो राख्नु भएको थियो । साथमा अभिभाबक हरुको लागि प्रधानाध्यापकले अभिभाबक शिक्षा पनि प्रदान गर्नुभएको थियो र बेला बेलामा अभिभाबक शिक्षा राखे विद्यार्थी हरुको गुणस्तरीयता मा पनि वृद्धि हुने भन्दै यस्तो कार्यक्रम गरिराख्नु पर्ने भन्नु भएको थियो।  विद्यालयको तर्फबाट सहभागी प्रधानाध्यापक एवम बिषय शिक्षकहरुले आफनो बिषयमा बिद्यार्थीहरुको अवस्था को बारेमा जानकारी गराउनुका साथै बार्षिक परिक्षाको तयारीमा आफ्ना बाबु नानी हरुलाई विषेस ख्याल पुर्याउनु हुन अभिभाबकहरुलाई अनुरोध गर्नु भएको थियो कार्येक्रममा प्रधानाध्यापक छबि रमण शर्मा रेग्मीले विद्यालयले तथा बिधार्थी हरुको समग्र शैक्षिक अबस्थाको बारेमा जानकारी गराउनुका साथै परिक्षको तयारीमा आबश्यक सहयोग गरिदिनुहुन अभिभाबक हरुसंग अनुरोध गर्नु भएको थियो।
सो अन्तरक्रिया कार्यक्रमा बि.ब्य.स सदस्य एकनाथ शर्मा पौडेलको बिशेष उपस्थिति रहेको थियो भने स्वागत सहायक प्रधानाध्यापक मुकुन्द प्रसाद शर्माको र संचालन कुलराज शर्माले गर्नु भएको थियो र कार्यक्रम  समग्रमा कार्यक्रम उत्साह बर्धक तथा उपलब्धि मुलक रहयो ।

Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt.Ltd.