विद्यार्थी कल्याण कोष निर्माण तथा संचालन सम्वन्धी प्रस्तावना ।

Organized by विद्यामन्दिर मा.वि.

Start Date: January 28, 2022

पृष्ठभूमि 

शिक्षा चेतनाको संबाहक हो । शिक्षा समाज रुपान्तरणको आधार हो । शिक्षाले नै मानवजिवन लाई सरल र सहज वनाउन सहयोग गर्दछ । विकास निर्माण, चेतनाको विकास, रोजगारी प्राप्ती, राष्ट्र सेवाका लागि शिक्षा प्राप्त गर्नु व्यक्तिको अधिकार को रुपमा स्थापित हुनु आवश्यक छ ।
शिक्षाको केन्द्रविन्दु विद्यालय हो । विद्यालयमा रहेको वाल वालिकाकमा सुसुप्त आवस्थामा रहेको प्रतिभालाई प्रस्फुटन गर्न, संरक्षण र सम्वद्र्धन गर्न र विकास गर्ने अवसर विद्यालयले प्रदान गर्दछ । विद्यालय सम्पुर्ण वाल वालिका, शिक्षक, अभिभावक र सिंगो समाजलाई लक्षमा पु¥याउने साझा संस्था हो ।
यस विद्या मन्दिर मा.वि. अंचलको सवै भन्दा पुरानो विद्यालय हो । यस विद्यालयमा विशेष गरी निम्न वर्गका अभिभावक को वाल वालिकहरु अध्ययन गर्न आउछन । यहा कुल विद्यार्थी संख्याको ८० प्रतिशत निम्न वर्गको र वाकी २० प्रतिशत मध्यम वर्गका वालवालीका हरु अध्ययन गर्न आउछन । वाल मैत्री वातावरणमा शिक्षा पाउनु सवै वाल वालिकाहरुको नैसर्गिक अधिकार हो तर यस विद्यालयमा आउने वालवालिकाहरु निम्न वर्गका समुदायवाट आउने, विशेष गरी अस्थाई वसाइ सरी आउने, दैनिक ज्याला दारी का लागीका शहर पस्ने मजदुरहरु, अवसरको खोजी गर्दै शहर पसेका अभिभावकहरु, आफ्नो वालवालिकाको सुनौलो भविष्य वोकेर सहर पसेका अभिभावक र चेतना अभावका कारण वहुविवाह तथा एकल महिलाका छोराछोरीहरु, टुहुरा वाल वालिकाको संख्या वढि भई उनीहरुको पठनपाठन अगाडी बढाउन समास्या सृजना भएकोले हामी सवैको सानो सहयोगले केहि गर्न सकिन्छ कि भनेर यस कार्यको शुरुवात गरिएको हो । हामीहरुको प्रतिवद्धतात्मक सहयोगले एक ठूलो रासीको सहयोग कोष वन्ने छ । उक्त कोषवाट विद्यार्थीहरुको दैनिक रुपमा देखा पर्ने समस्याहरुको तत्कालै समाधान गरी वालवालीकाहरुको कलिलो ऐना जस्तै आत्मा, फक्रदै गरेको फुलजस्तै जीवनले फल्ने फुल्ने अवसर पाउने छ । यस विद्यालय लाई माया गर्ने पूर्व विद्यार्थीहरु, सरोकारवाला शिक्षाप्रेमीहरु, संपूर्ण अभिभावक ज्यूहरु जहा विदेश तथा स्वदेश मा जस्तो अवस्थामा हुनु हुन्छ आ–आफ्नो क्षमता अनुसार तन, मन, धनले सहयोग गरौ । यहिनै मानव जीवनको महान कार्य हुनेछ ।

विद्यालयमा कोष स्थापनाको उद्देश्य 

  •  विशेष गरी तल्लो कक्षामा अध्ययन गर्ने वालवालिकाहरुको अभिभावकहरु दैनिक ज्याला दारीमा काम गर्ने भएकोले समय तथा आर्थिक अभावका कारण वाल वालिकाहरु समयमा खाना, खाजा खान नपाउदा पौष्टीक तत्वको अभाव भई विद्यालयमा विरामीहुने भएकोले खाना तथा खाजाको व्यवस्था गर्न ।
  • तत्काल वाल वालिकाहरु लाई दुर्घटनामा परि चोटपटक लागेमा प्राथमिक उपचार तथा विमाको व्यवस्था गर्न ।
  •  विशेषगरी कक्षा १ देखि ५ सम्मका वाल वालिकाहरुलाई कपि कलमको व्यवस्था गर्न ।
  •  अभिभावकहरु आर्थिक रुपमा निम्न परिवारको भएकोले दैनिक पठन पाठन मा आवश्यक पर्ने शैक्षिक सामग्री को व्यवस्था गर्न ।
  •  क्भ्भ् को तयारीमा रहेको विद्यार्थीलाई थप कक्षा लिने क्रममा विहान सवेरै आउने घर टाढा भएको कारण खाना खान घर जान नसक्ने र वेलुका स्कुल छुट्टी भए पश्चात मात्र घर जाने भएकाले त्यस्ता विद्यार्थीहरु लाई खाना खाजाको व्यवस्था गर्न ।
  • घरमा उपयुक्त वातावरण नभएको ले सरसफाईमा ध्यान नपु¥याउने वाल वालिका लागि सरसफाई सामाग्रीका साथै, विद्यालय ड्रेस तथा न्यानो कपडा व्यवस्था गर्न ।
  •  विद्यालयमा वालवालिकाहरुको नियमित उपस्थिती वनाई गुणस्तरिय शिक्षा प्रदान गर्न ।
    कार्यन्वयन विधि तथा योजना ः–
  •  अति विपन्न र सहयोग चाहिने वाल वालिकाहरुको पहिचान गरिने ।
  •  शिक्षक, अभिभावक, प्र.अ, वि.व्य.स. लाई क्रियाशिल वनाउने ।
  • वालवालिकालाई आइपर्ने हरेक समस्याको वास्तविक पहिचान गरिने ।
  •  कोषलाई व्यवस्थीत ढंग वाट परिचालन गर्न कोष व्यवस्थापन समिति वनाइने ।
  •  खर्चको पारदर्शितामा ध्यान राख्दै आर्थिक अभियान वाट उठेको रु ५० लाख मूल धनको रुपमा कोष स्थापना गरी त्यसवाट प्राप्त व्याजवाट वाल वालिकाहरुको विभिन्न समस्या लाई समाधान गरिने ।
  •  कोष को विनियम वनाई संचालन गरिने ।
  •  दाताहरुको नामावली स्कुलको वेभ साइट धधध।खmकक।भमग।लउ तथा स्थानिय पत्र पत्रिकामा प्रकासन गरि विधालयमा लगत राखिने ।

अनुगमन तथा मूल्याँकन 

आर्थिक अभियानवाट उठेको रकमको परिचालन तथा खर्च विद्यालयले वनाएको विनियम अनुसार संचालन भए नभएको अनुगमन गर्नका लागि एउटा कोष व्यवस्थापन समितीको निर्माण गरिने छ । समिति निम्नानुसार हुने छ ।

  •  अध्यक्ष – विद्यालय व्यवस्थापन समिति अध्यक्ष
  •  सचिव – प्रधान अध्यापक
  •  सदस्य – वि.व्य.स. सदस्य–१
  •  सदस्य – शिक्षक–१
  •  सदस्य – कर्मचारी–१

निश्कर्ष 

आशा छ यस कोषको स्थापनाले निम्न वर्गका वालवालिकाहरुको विविध समस्याहरुको समाधान गर्न सहज वन्ने र वालवालिकाहरुको भविष्य सूनिश्चित गराउन सहज वन्ने छ ।

Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd