विद्यालयको बारे

प्यूठान घर भइ पाल्पा वस्नुहुने कुल प्रसाद कौलाई बागलुङ ल्याई राधाकृष्ण मन्दिरको सत्तल (पौवा) मा समाजसेवी मेघ कुमार वैधको सहयोगमा शिक्षापे्रमी तथा समाजसेवी काका ओम प्रसाद गौचनले १९९७ सालमा विद्यामान्दिर स्कुलको स्थापना गर्नु भएको थियो । त्यस वेला नेपालमा शिक्षाको कुरा गर्नु दण्डनिय मानिन्थ्यो र चरम दमनको युग संचालन भइरहेको थियो ।
सत्तलको पढाइ दिर्घकालिन नहुने देखे पछि सत्तलको उत्तर पट्टि रहेको खाली जग्गामा मेघ कुमार वैधको डिजाइनमा काका ओम प्रसाद गौचनले आफ्नो निजी खर्च र विभिन्न व्यक्तिहरु संग सहयोग उठाउदै १९९९ सालमा विद्यामानिर स्कुलको भवन निर्माण सुरु गर्नु भयो र २००१ मा सम्पन्न गर्नु भएको ऐतिहासिक तथ्यहरुले देखाउद छ ।
भवन तयार भइ सके पछि त्यतिवेला विद्यालयको नाममा शौक्षिक गतिविधी संचालन गर्नु भनेको आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह थियो । जसरी भए पनि शैक्षिक गतिविधी अगाडी वढाउनु त्यतिवेलाको अपरिहार्य आवश्यकताको कारण काका ओम प्रसाद गौचन ले नया भवनमा घरेलु उद्योग विद्यामान्दिर नामाकरण गरी विद्यामन्दिर स्कुल संचालनमा ल्याउनु भयो र शैक्षिक पाठ्यक्रममा मानविय जीवनमा उपयोग हुने घरेलु शिल्पकला, संगितालय को अध्यापन शुरु गर्नु भएको पाईन्छ ।
स्कुल कै सहायक भागको रुपमा २००३ मा विद्यामन्दिर पुस्तकालयको स्थापना गर्नु भयो ।
राणाशासनको अन्त्य अर्थात प्रजातन्त्रको उदय पश्चात २००८ सालमा स्कुललाई मिडिल स्कुल को सरकारी मान्यता प्राप्त भएको थियो । विद्यामन्दिर हाइस्कुलको रुपमा २०११ सालमा माध्यामिक तहमा पढाइ शुरु गरिएको थियो ।
माध्यामिक स्तर कक्षा संचालन भए पनि एस.एल.सी. मान्यता प्राप्त भएको थिएन २०१६ सालमा विद्यामन्दिर हाइस्कुलकै नाममा पहिलो पटक १३ जना विद्यार्थीहरुले पाल्पा परिक्षा केन्द्रमा गएर परिक्षामा भाग लिएको थिए ।
विद्यामन्दिर हाइस्कुल २०२१ सालमा विद्यामन्दिर वहुउद्देश्यीय माध्यामिक विद्यालयको रुपमा संचालन भयो, त्यसवेला स्कुलमा कृषि, कुखुरा पालन, टाइपिङ्ग, लेखा (सचिवालय), वस्त्र सिलाई र गृह विज्ञान अध्यापन गराइन्थ्यो ।

२०२२ मा एस.एल.सी. परिक्षा केन्द्रको संचालन ।
नयाँ शिक्षा योजना २०२९ साल नेपालभर लागु गरियो । स्कुललाई बहुउद्देश्य वाट व्यवसायीकमा परिणत गर्दै विद्यामन्दिर व्यवसायीक माध्यामिक विद्यालयको संचालन गरियो २०३८ सालमा विद्यामन्दिर मा.वि. २०६१ सालमा विद्यामन्दिर उ.मा.वि. हुदै २०७७ देखि विद्यामन्दिर मा.वि. कै रुपमा संचालन भइ रहेको छ ।

Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd