राणाशासनको उत्तरार्धतर्फ प्रजातान्त्रिक विचारको प्रवाह भैरहेको समयमा चार शहिदहरुले शाहदत प्राप्त गरेको वर्ष वि.ं सं.१९९७ सालमा धौलागिरी बासिहरुमा रहेको अज्ञानतालाई हटाई शिक्षाको प्रकाश छर्ने पवित्र उद्धेश्यको साथ मुस्ताङ जिल्लाको टुकुचेका स्थायी बासिन्दा शिक्षाप्रेमी समाजसेवी श्री ओमप्रसाद गौचन र उहाँको अति सहयोगी मित्र बाग्लुङ जिल्ला बागलुङ बजार निवासी श्री मेघकुमार वैद्यको संयुक्त पहलमा स्थापित धौलागिरी कै सबैभन्दा पुरानो इतिहास बोकेको यस श्री विद्यामन्दिर माध्यमिक विद्यालय पनि विं.सं. २०७२ को विनासकारी भुकम्पबाट अछुतो रहन सकेन् ।
विं.सं. २०७२ को विनासकारी भुकम्पबाट क्षतिग्रस्त यस विद्यालयलाई माया गर्ने वास्तवमा पुर्व विद्यार्थीहरु नै यस विद्यालयका लागि प्रेरणाका स्रोत तथा आर्थिक स्रोतका धनि देखिनु भयो । तत्कालिन प्रधानाध्यापक श्री जगन्नाथ आचार्यको नेतृत्वमा तत्कालिन सक्रिय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी लगायत उहाँको टिम , शिक्षाप्रेमी तथा समाजसेवी देब ब. श्रेष्ठ , लालचन्द राजभण्डारी , बर्तमान वि.व्य.स. अध्यक्ष बाबुलाल शाक्य लगायत सम्पुर्ण देश विदेशमा रहनु भएका यस विद्यालयको पुर्व विद्यार्थीहरु सम्पुर्ण शुभ चिन्तक , उद्योगी, व्यापारी तथा व्यावसायीहरुको सहयोगमा संचालित महायज्ञको माध्यमबाट सात करोड रुपैया उठाएर ५ करोड ३७ लाखको खर्चमा विद्यालय भवनको निर्माण गरी बाँकी काम शैक्षिक सुधारका लागि खर्च गर्ने काम भयो । सोही मुताविक तत्कालिन प्र अ. जगन्नाथ आचार्यले दिनुभएको निमित्त प्रधानाध्यापक पदलाई शिक्षा नियमाबलीमा भएको व्यवस्था अनुसार मलाई तत्कालिन वि . व्य. स. ले प्रधानाध्यापक बनाई सकेपछि दुईवर्षको समयावधिमा विद्यालय भित्र रहेका तमाम समस्याहरुलाई वि. व्य.स. को सहयोगमा नितिगत रुपमा समाधान गर्दै आएको कुरा यहाँहरुलाई अवगत गराउदछु ।
हाल विद्यालयको शैक्षिक स्तर उकासी जिल्लाकै शैक्षिक गन्तव्यको रुपमा लैजानको लागि नयाँ वि. व्य. स. पनि गठन भैसकेको छ । अबका दिनहरुमा यस विद्यालयलाई राजनैतिक प्रमाणमूक्त क्षेत्र बनाउदैं आफू जन्मले शहिद लखन गाउँपालिका — ९, नाम्जुङ गोरखा भए पनि कर्मले विश्वविद्यालयको पढाई पूर्ण हुदासाथ बागलुङ जिल्लाको ( ऐतिहासिक गाउँपालिका ताराखोलाको ) श्री नेपाल मा. वि. तारा, श्री पृथ्वी मा.वि अमलाचौर, श्री जनता मा.वि. नारायणस्थान हुदैं २०६६ देखि यस विद्यालयको गणित शिक्षकको रुपमा शिक्षण गर्दै आएको म शान्तमणि ढकाल यस विद्यालयको प्रधानाध्यापकको रुपमा विं.सं. २०७६।२।२६ देखि कार्यरत छु । र यस विद्यालयको स्थापना कालका प्रधानाध्यापक श्री लोकेन्द्र ब. मल्ल हुुुुुनुहुन्थ्यो । त्यसैगरी स्थापना कालका अध्यक्ष श्री ओमप्रसाद गौचन हुनुहुन्थ्यो । र वर्तमान अध्यक्ष श्री बाबुलाल शाक्य हुनुहुन्छ । हाल मैले प्रधानाध्यापकले तयार पार्नुपर्ने विद्यालय विकास प्रस्तावना पत्र तयार पारिसकेको छु । यसैगरी शैक्षिक जनशक्ति विकास केन्द्रद्धारा संचालित प्र.अ. व्यवस्थापन तालिम पनि प्राप्त गरि प्रमाणपत्र सहित प्राप्त गरेको छु । भने विद्यालयको ५ वर्ष विद्यालय सुधार योजना (२०७८—०८२) पनि तयार भैसकेको छ । जसको पूर्ण पाठ यसै वेवसाइटमा राखिएको छ । आफूसँग बागलुङमा बस्दाको धेरै अनुभव भएको कारण आगामी दिनहरुमा यहाँहरुको सहयोग र सद्भावबाट विद्यालयलाई प्रदेशकै अब्बल विद्यालय बनाउने र विद्यालयभित्र कुनै पनि कमिकमजोरी हुन नदिन स्रोत र साधनलाई एक इन्च पनि तलमाथि हुन नदिने र बाँकी समस्याहरु भएमा अझै पनि पहिचान गरि न्यूनिकरण गर्दै निराकरण समेत गर्ने प्रतिबद्धता यहाँहरु माझ जानकारी गराउँदछु ।
जय विद्यामन्दिर ।