धौलागिरीकै पुरानो विद्यालय विद्या मन्दिर माबिको ८१ औं बार्षिकोत्सव सोमबार बिविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । सो अवसरमा विद्यालयको उत्कृठ विद्यार्थिको रुपमा विज्ञान विषय अन्तर्गत कक्षा १२ का छात्र सन्दिप आचार्यलाई नगद २५ हजार प्रदान गरियो ।
यसै गरी बार्षिकोत्सवको अवसरमा उत्कृठ शिक्षकको रुपमा कूलराज शर्मा, माया शर्मा तथा कर्मचारीमा मन प्रसाद गोतामेलाई सम्मान गरियो । साथै कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने २५ जना विद्यार्थिहरुलाई जनही २ हजार नगद प्रदान गरियो । कक्षा १ देखि ५ सम्मका १० जना विद्यार्थिहरुलाई शैक्षिक सामाग्री प्रदान गरियो ।
सो अवसरमा व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु तथा सदस्यहरुलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रमा पूर्व अध्यक्ष कृष्णराज शर्मा तथा पूर्व सदस्यहरु डियर बाबु हमाल , हरीप्रसाद सापकोटा,धनमाया शर्मा,रमेश थापा, मणिभद्र शर्मा लगायतलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
यस अघि बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बार्षिकोत्सवको उद्घाटन गर्नु भएको थियो । समारोहमा सहायक प्रजिअ गणेश प्रसाद पौडेल पूर्व अध्यक्ष कृष्णराज शर्मा, पूर्व प्रअ लक्ष्मण श्रेष्ठ, वार्ड अध्यक्ष गणेश थापा, नेकपा एसका अध्यक्ष लाल बहादुर थापा पूर्व सदस्य डियर बाबु हमाल,पूर्व शिक्षक डिल्लीराज गौतम, चयन देवी श्रेष्ठ लगायतले शुभ कामना ब्यक्त गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुुलाल शाक्यले भावि योजनाहरु प्रस्तुत गर्नु भएको थियो । शाक्यले विद्यालयमा अध्ययन गर्न आउने गरिब तथा विपन्न विद्यार्थिहरुलाई विद्यालयमै खानाको व्यवस्था गर्ने गरी कोष बनाउन लागेको जानकारी दिनु भयो । उहांले विद्यामन्दिरलाई आधुनिक सुविधा सम्पन्न विद्यालयको रुपमा अगाडी बढाउनका लागि विविध योजनाहरु प्रस्तुत गर्नु भएको छ ।विद्यालयका सदस्य सचिव, प्रअ शान्तमणि शर्माले अतिथी तथा सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । कालिका दर्शन