विद्यामन्दिर माविको शैक्षिक गुणस्तर सुधार्न दिगो योजनाका साथ आगाडि बढेका छौ : शाक्य (भिडियो अन्तर्वार्ता )

बागलुङको शैक्षिक धरोह विद्यामन्दिर माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका काम थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर जिल्लाका केही विद्यालय बन्द हुने अवस्थामा पुगेको समयमा बागलुङको सवै भन्दा जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ ।

अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि विद्यामन्दिर माविले पनि विद्यार्थीको आकर्षण बढाउन अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । विं.सं.१९९७ मा राणाशासनको समयमा ओमप्रसाद गौचन, मेघकुमार वैद्यले स्थापना गरेको विद्यामन्दिर साविक नेपालमा खुलेको विद्यालय मध्य इतिहास बोकेको पुरानो विद्यालय हो ।

सस्थापक गौचनले तत्कालिन समयमा विद्यालयमा पुस्तकालय ,संगीत कक्षा र घरेलु सिपको समेत व्यवस्था गरेका थिए । २०७२ सालको भूकम्पले क्षति पुगेको विद्यालयमा धनधान्याचल महायज्ञबाट रकम जुटाई अहिले सुविधासम्पन्न भवन बनाइएको छ ।

आधुनिक युग सुहाउँदो शिक्षाको आवश्यकता रहेकाले अंग्रेजी भाषाको पठनपाठन शुरु गरिएको छ । विद्यालयको शैक्षिकस्तर सिकाइमूलक बनाउन तल्लो कक्षादेखि नै सुधारका काम थालेको छ ।

सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बावुला शाक्यसँग नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले गरेको गरेको भिडियो अन्तर्वार्ता :

https://youtu.be/Qt_G27ocUd4

Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd