प्रयोगात्मक कार्य गर्दा नियम पालन गरौँ
शिक्षकका निर्देशनलाई ध्यान दिई सुनौँ ।
प्रयोग गर्दा हतार गरी भाग्ने गर्नुहुन्न
रसायनहरु सुँघने चाख्ने कहिल्यै गर्नुहुन्न ।
प्रयोग गर्दा नजानेका कुरा पनि सोधौँ
रसायनलाई जथाभावी हातले चाँहि नछौऔँ ।
सबै चिज ध्यान दिई अवलोकन गरौँ
नौला कुरा देखेपछि टिपोट गर्ने गरौँ ।
उपकरण प्रयोग गरौँ सही ठाँउमा राखौँ
कार्य गर्ने स्थानलाई सफा गरी छोडौँ ।
प्रयोगात्मक कार्य गरी ज्ञान अझै बढोस्
विज्ञानका सिप सिकौँ जीवन सरल बनोस् ।